स्याङजा, चापाकोट, २६ बैशाख । स्याङजा जिल्लाको चापाकोट नगरपालिकामा मंगलबारबाट मेयर कप भलिवल प्रतियोगिता सुरु भएको छ । चापाकोट नगरपालिका र चापाकोट खेलकुद विकास समितिको संयुक्त आयोजनामा मेयर कप महीला तथा पुरुष भलिवल प्रतियोगिता सुरु भएको हो । प्रतियोगितको उद्घाटन चापाकोट नगरपालिका मेयर शिब कुमार गिरीले गर्नु भयो । कार्यक्रमको उद्घाटन गर्दै मेयर गिरीले प्रतियोगिताले चापाकोटका युवाहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पहिचान गराउन महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा व्यक्त गर्नु भयो । बैशाख २५ गतेबाट सुरु भएको प्रतियोगिता २८ गतेसम्म संचालन हुने आयोजकले बताएको छ ।
प्रतियोगितामा १० वडाका महीला तथा पुरुष गरी २० टिमले सहभागिता जनाएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै चापाकोट खेलकुद विकास समितिका अध्यक्ष निर्मल रानाले प्रतियोगितामा करिब ६ लाख रुपैया खर्च हुने जानकारी दिनु भयो । उद्घाटन कार्यक्रममा खेलकुद विकास समितिका उपाध्यक्ष धिरज खाँडले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने सचिव प्रेम नारायण रेग्मीले कार्यक्रम संचालन गर्नु भएको थियो ।