स्थानीय तहले दिनैपिच्छे कर लिदा दशैंमा च्याङग्राको बढ्यो मूल्य

652

काठमाडौं । प्रत्येक स्थानीय तहमा बृद्धि भएको करका कारण यो वर्ष दशैको च्याङग्राको मूल्यमा उच्च बृद्धि भएको छ । हरेक स्थानीय तहले बाटो छेकेर कर लिएपछि यो वर्ष दशैंको च्याङग्रा कम्तिमा ५ हजार महंगिएको हो । च्याङ्ग्रा व्यापारीका अनुसार मुस्ताङमै अघिल्लो वर्षको तुलनामा यस वर्ष प्रति च्याङ्ग्रा २, ३ हजार रुपैयाँ महङ्गो परेको छ । साथै स्थानीय तह पिच्छे कर तिर्नु परेको छ ।
म्याग्दी, पर्वत लगायतका जिल्लाका स्थानीय तहले प्रतिच्याङ्ग्रा १५ रुपैयाँ कर लिएका छन् । यस्तै पोखरामा पनि प्रत्येक दिन प्रति च्याङ्ग्रा १५ रुपैयाँले कर लिने गरेको पाइएको छ । प्रत्येक दिन कर तिर्नुपर्दा आफूहरु मारमा परेको व्यवसायीहरुको गुनासो छ ।

पोखरामा अहिले रोजेको च्याङ्ग्राको मूल्य ३० हजार तोकिएको छ । जुन अघिल्लो वर्षको भन्दा ५ हजार बढी हो । म्याम्दीमा राखिएका च्याङ्ग्रा अहिले २५ देखि ३० हजारमा बिक्री भइरहेको छ । अघिल्लो वर्ष २० देखि २५ हजारको बिचमा च्याङ्ग्रा बिक्री भएको थियो

Leave A Reply

Your email address will not be published.