काठमाडौं । भर्च्युस्टार प्रा.ली. कोटेस्वरले भाषाण तथा उद्घोषण तालिम तथा कार्यशाला अन्तरगत नियमित गर्दै आएको बिशेष अतिथी प्रशिक्षण कक्षा सम्पन्न भएको छ । सहभागिहरुलाई हिप्नोथेरापिस्ट,इनर्जी हिलर तथा अर्गनाइजेसनल साइकोलोजिस्ट अमरदीप गुरागाइले प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षण सत्रमा गुरागाइले भाषण,उद्घोषण तथा जीवनमा अघी बढ्ने क्रममा बाधक बन्ने डर तत्व माथि बिजयी प्राप्त गर्ने कलाको बारेमा प्रकाश पार्नु भएको थियो।त्यसको साथ साथै जीवनको लक्ष्य निर्धारण र लक्ष्य प्राप्तिमा चेतनमन, अवचेतनको मनको भूमिका र् त्यसको प्राप्तिमा अबलम्बन गर्ने सहज सुत्र सम्बन्धमा सहभागिहरुलाई तालिम दिनु भएको थियो । प्रशिक्षण कार्यक्रम अन्त्यमा प्रश्नोतर पस्चात कार्यशाला सहभागि प्रक्षिक्षार्थी दिनदयाल गौतमको जन्मोत्सब मनाएर सस्थाको निर्देशक उमेश केसी ज्युले कार्यक्रम समापन गर्नु भयो ।
Prev Post