बौद्ध स्तुपामा आगलागिको खतरा, छोइमेघर तुरुन्त हटाउन पुरातत्वको निर्देशन

373

 


काठमाडौं ।  पुरातत्व विभागले बौद्धनाथ स्तूपा भित्र लामो समयदेखि अबैध रुपमा निर्मित बत्ती बाल्ने घर छोइमे घर भत्काउन सम्बन्धित पक्षलाई आदेश दिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध चैत्य परिसरमा लामो समयदेखि अनाधिकृत रुपमा निर्मित बत्ती बाल्ने घर छोइमे घर तुरुन्त हटाउन निर्देशन दिएको हो । काठमाडौ महानगरपालिका वडा नम्बर ६ बौद्धलाई पत्राचार गर्दै पुरातत्व विभागले छोइमे घर तत्काल हटाउन निर्देशन दिएको हो । विभागले बौद्धनाथ क्षेत्र विकास समिति र बौद्ध तामाङ कल्याण गुठीलाई पनि यस कार्यमा सहयोग गर्न निर्देशन दिएको छ । उक्त छोइमे घर बौद्ध तामाङ कल्याण गुठीले लामो समयदेखि प्रयोग गर्दे आएको थियो । बौद्ध तामाङ कल्याण गुठी नामको उक्त गैरसरकारी संस्थाले छोइमे घरमा बत्ती बाले बापत भक्तजनबाट पैसा असुल्दै आएको छ । पुरातत्व विभागले लामो समयदेखि उक्त छोइमे घर हटाउन निर्देशन दिदै आएपनि बौद्ध तामाङ कल्याण गुठीले अटेर गर्दै आएको थियो । यसअघि उक्त छाइमे घरमा आगलागि भएको थियो । छोइमे घरका कारण विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदामा कुनै पनि बेला आगलागिको खतरा रहदै आएको स्थानीयको भनाई छ ।

Leave A Reply

Your email address will not be published.