” ‘रअ’ ले राजतन्त्र फाल्दियो भन्नेहरु वेवकुफ हुन, ‘रअ’ का एजेण्ट हुन । अमर भुषणको किताव हावादारी!”

598


काठमाडौं । स्वतन्त्र राष्ट्रिय अभियानका संयोजक अधिवक्ता स्वागत नेपालले भारतीय खुफिया एजेन्सी “रअ” ले नेपालमा राजतन्त्र फाल्दियो भनेर विश्वास गर्नेहरु “रअ” कै एजेण्ट भएको आरोप लगाएका छन् । न्युजभ्युज नेपाल डटकमसँग कुराकानी गर्दै अधिवक्ता नेपालले “रअ” को त्यत्रो तागत नभएकाले नेपालमा राजतन्त्र फ्याक्ने उसको हैसियत नभएको दाबी गरेका हुन् । आफूलाई वुद्धिजिवि र ठूला पत्रकार भन्नेहरुले नै “रअ” ले नेपालको राजतन्त्र फालेको हल्ला फैलाउने गरेको उनको दाबी छ । “रअ”का एक पूर्वकर्मचारीको कितावको हवाला दिदै “रअ” कै योजना अनुसार नेपालबाट राजतन्त्र फालिएको भन्ने हल्ला हावादारी भएको उनको भनाई छ । “रअ” का पूवनिर्देशक अमर भुषणले आफ्नो किताव “इनसाइड नेपाल” मा “रअ” कै योजना अनुसार नेपालबाट राजतन्त्रको अन्त्य भएको दाबी गरेका छन् । अधिवक्ता नेपालको अन्तर्वाता हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

Leave A Reply

Your email address will not be published.