प्रधानन्यायाधीशलाई झ्यालबाट नहेर्न बारको चेतावनी !

403

 

काठमाडौं, १ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसियसनले आज पनि नारावाजी गरेको छ । आन्दोलनरत कानुन व्यवसायीहरुले “प्रधानन्यायाधीश आजै राजीनामा दे”, “झ्यालबाट नहेर राजीनामा देउ”, “बार एकता जिन्दाबाद” जस्ता नारा लगाएका छन् । न्यायपालिका शुद्धीकरण र विसंगति अन्त्यका लागि भन्दै पछिल्लो तीन सातादेखि न्यायाधीश तथा नेपाल बार एशोसिएसन,सर्वोच्च अदालत बार एशोसिएसन लगायत आन्दोलन गर्दै आइरहेका छन् । यसैबीच लामो आन्दोलनमापनि प्रधानन्यायाधीशले राजीनामा नदिएपछि जनताका मुद्दा हेर्न नभ्याइएको भन्दै फुलकोर्ट बैठकबाट नियमावली संशोधन गरी इजलासमा बस्ने न्यायाधीशहरुको तयारी छ ।

Leave A Reply

Your email address will not be published.