सरकारी कार्यालयको लाइन काटियो

520

इलाम, १८ फागुन । नेपाल विद्युत् प्राधिकरण इलामले लामो समयदेखि विद्युत् महशुल नबुझाउने सरकारी कार्यालयको लाइन धमाधम काट्न थालेका छन् ।

तीन महिनाभन्दा लामो समयसम्म विद्युत् महशुल नतिर्ने मालपोत कार्यालय, आदर्श मावि, घरेलु तथा साना उद्योग विकास समिति, शीतभण्डारको लाइन काटिएको प्राधिकरणका इलेक्ट्रिक सुपरभाइजर तारा एक्तेनले जानकारी दिनुभयो । सबैभन्दा बढी इलाम नगरपालिकाको शीतभण्डारले रु सात लाख २८ हजार बक्यौता तिरेको छैन ।

त्यसैगरी मालपोत कार्यालयको रु ५९ हजार ९५१, आर्दश माविको रु २० हजार ५००, घरेलु तथा साना उद्योग विकास समितिको रु १० हजार ९६७ विद्युत् महशुल तिर्न बाँकी रहेको प्राधिकरणले जानकारी दिएको छ ।

साउन यता बक्यौता रहेको जिल्लाका इलाम, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका र सन्दकपुर गाँउपालिकाका ३७४ जना ग्राहकको विद्युत् लाइन काटेकोमा ३७२ ले जरिवानासहितको रकम तिरेर पुनःलाइन सुचारु गरेको सुपरभाइजर एक्तेनले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.