काठमाडौं, २१ फा
गुन । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् ।
प्रकाशमान सिंहलाई २५ मतान्तरले पराजित गर्दै पार्टी सभापति देउवा दलको नेता चुनिएका हुन् । अब उनी प्रमुख विपक्षी दलको नेता बन्नेछन । देउवाले ४४ मत पाए भने पूर्वमहामन्त्री सिंहले १९ मत पाएका छन् । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् ।
