प्रधानन्यायाधीशलाई माफिया भन्दै डा. केसी आमरण अनशनमा

"न्यायालय न्याय दिने होइन, न्यायको किनबेच गर्ने, भ्रष्ट र अपराधीहरुको गिरोह"

काठमाडौं, २४ पुस ।  प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै डा. गोविन्द केसीले आरमण अनसन सुरु गरेका छन् । त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेर डा. केसीले प्रधानन्यायाधीश पराजुलीमाथि भ्रष्ट र माफिया भएको आरोप लगाए ।

प्रधानन्यायाधीश पराजुलीसहितको इजलासले डीन डा. शशी शर्मालाई पुनर्वहाली गर्न आदेश दिएलगत्तै डा. केसीले अनसन सुरु गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै डा. केसीले भने “हाम्रो न्यायालय न्याय दिने होइन, न्यायको किनबेच गर्ने, भ्रष्ट र अपराधीहरुसँग मिलेमतो गरेर तिनीहरुको संरक्षण गर्ने तथा इमान्दारहरुलाई दण्डित गर्ने गिरोहको नियन्त्रणमा “।

पाँच बुँदे माग राख्दै अनसन थालेका डा. केसीले पराजुलीको राजीनामालाई पहिलो माग बनाएका छन् । साथै उनीमाथि छानविन गरेर कारबाही गर्नु पर्ने केसीकोे माग छ । चिकित्सा शिक्षा आयोग गठन, आईओएमका डीनमा जेपी अग्रवाललाई कायमै राख्नु पर्ने तथा शशी शर्माका साथै त्रिवि पदाधिकारीलाई बर्खास्त गर्नु पर्ने डा. केसीको माग छ ।

main with picture
Comments (0)
Add Comment