गाँजाको कुरा गर्दा किन बज्यो संसदमा ताली? किन हाँसे अर्थमन्त्री ?

 

 

 

काठमाण्डौं ।सरकारले आगामी आर्थिक वर्षमा गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गर्दा संसदमा ताली घन्किएको छ भने अर्थमन्त्रीको हाँसो ।अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८०÷८१ को अनुमानित बजेट प्रस्तुत गर्दै गाँजा खेतीको अध्ययन गर्ने घोषणा गर्दा सांसदहरुले स्वागत गर्दे ताली बजाएका हुन भने आफूले ल्याएको कार्यक्रममा ठूलो ताली पाएपछि अर्थमन्त्री महत खुशी भएका हुन् ।
आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले औषधि प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका हुन् ।

गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज उठिरहेका बेला सरकारले बजेटमार्फत सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको हो ।औषधिजन्य उपयोगका लागि गाँजाखेतीको सम्भाव्यता अध्ययनका लागि रकम छुट्याएको छु,’अर्थमन्त्रीको घोषणा छ ।

बजेट भाषणको क्रममा सांसदहरुको ताली पाउने आशले अर्थमन्त्रीले नयाँ कार्यक्रम घोषणा गर्दा उत्साहजनक रुपमा सांसदप्रति हेरेका थिए  तर अन्य कार्यक्रममा आफ्नो अपेक्षा अनुसार ताली नपाएका अर्थमन्त्रीले गाँजामा भने लामो ताली पाएका थिए ।

 

main with picrturemain with picture
Comments (0)
Add Comment