भारतबाट उद्वार गरेर ल्याइएको गैँंडा निकुञ्जमा छाडियो

253

2017-08-18 14:27

रत्ननगर (चितवन), २ भदौ । भारतबाट उद्धार गरेर ल्याइएको दुर्लभ एकसिंगे गैँंडालाई आज चितवन राष्ट्रिय निकुञ्जमा ल्याएर छाडिएको छ ।

केही दिनअघि आएको बाढीले बगाएर भारतको ग्रामीण बस्तीमा पु¥याएको गैँंडालाई उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जको पूर्वी शाखा कार्यालय नजिकैबाट आज निकुञ्जमा छाडिएको हो ।

अन्दाजी साढे दुई वर्षको जस्तो देखिने पोथी गैँंडालाई बाढीले नेपाल भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिण पूर्वमापर्ने भारतको बगाहा भन्ने स्थानमा फेला पारेर ल्याइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।
भर्खरै माउबाट छुट्टिएको सो गैँडा भारतको गाउँको घनाबस्तीको बीचमा रहेको उखुबारीमा गैँंडा फेला परेको उहाँको भनाइ छ । योसँगै पाँचवटा गैंँडा यसरी बगाएकामा अति जोखिममा रहेको उक्त गैंँडालाई उद्धार गरिएको निकुञ्जको भनाइ छ ।

सो गैंँडालाई डाट गरेर बेहोस बनाई हिजो साँझ भारतबाट ट्रकमा राखेर ल्याइएको थियोे । रासस

Leave A Reply

Your email address will not be published.