काठमाडौं, १८ कार्तिक । मानव अधिकारवादी एवं वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ ।
मानवअधिकारकर्मी पद्मरत्न तुलाधारको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार दिउँसो निधन भएको हो । तुलाधारको ७८ वर्षको उमेरमा निधन भएको छ । राजधानीको नर्भिक अस्पतालमा उपचाररत उनको आज निधन भएको हो ।
तुलाधरको आज १२ बजेर ४५ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।
तुलाधरको स्वास्थ्यमा समस्या आएपछि उनलाई गत शुक्रबार साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।
चिकित्सकहरुका अनुसार तुलाधरलाई मस्तिष्कघात भएको थियो ।