प्रधानमन्त्रीसँग चिनियाँ उपप्रधानमन्त्रीको भेट ः राष्ट्रपति सीलाई नेपाल भ्रमण गर्न पुनः आग्रह

काठमाडौँ, ३२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवासँग चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङले आज अपराह्न प्रधानमन्त्री निवासमा शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरुबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका साथै पारस्परिक…

बारपाकमा सिजनल फ्लु : एकको मृत्यु, ३०० भन्दा बढी बिरामी

गोरखा, ३२ साउन । गोरखाको बारपाकमा विगत दश दिनदेखि फैलिएको रुघाखोकी र ज्वरो (सिजनल फ्लु)बाट एक बालिकाको मृत्यु भएको छ । साविक बारपाक–७ की ३८ महिने बालिका सुप्रिया गुरुङको आज मृत्यु भएको हो । विगत १५ दिनदेखि ज्वरो र निमोनियाबाट पीडित…

बाढी पीडितलाई ग्याससहितको सिलिन्डर र चुल्हो

पोखरा, ३२ साउन । कास्कीको माछापुच्छ«े गाउँपालिका–५, रिभान पात्लेका बाढी पीडितलाई आज ग्याससहितको सिलिण्डर र चुल्हो वितरण गरिएको छ । रोटरी क्लव अफ न्युरोडले बाढीवाट पीडित १३ घर परिवारलाई एक एकवटा ग्यास सिलिण्डर र चुल्हो वितरण गरेको…

सागका लागि किर्तिपुरमा कभर्ड हल निर्माण शुरु

काठमाडौँ, ३१ साउन । नेपालमा हुने १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि पूर्वाधार तयार गर्न त्रिभुवन विश्वविद्यालयको परिसरको ७० रोपनी जमिनमा अत्याधुनिक कभर्ड हल निर्माण शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद् र त्रिविको…

बाढीपीडितलाई एमाले सांसदबाट एक महिनाको तलब

काठमाडौँ, ३१ साउन । नेकपा (एमाले ) संसदीय दलको बैठकले बाढीपहिरो पीडित परिवारलाई दलका तर्फबाट आफ्ना सांसदको एक महिनाको तलब प्रदान गर्ने निर्णय गरेको छ । संसदीय दलका नेता एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज नयाँ…

राप्रपा केन्द्रीय समिति बैठक हेटौँडामा

काठमाडौँ, ३१ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आगामी भदौ १ गते बोलाएको छ । पार्टी विभाजन तथा सरकारलाई दिएको समर्थन फिर्तापछि भावी राजनाीतिक कार्यक्रमका लागि आवश्यक रणनीति तयार गर्ने उद्देश्यले सो…

ललीपप उद्योगबाट मनग्य आम्दानी

इलाम, ३१ साउन । थोरै लगानीमा यहाँका महिलाले ललीपप उद्योग खोलेर मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लाको पशुपतिनगर, सूर्याेदय नगरपालिकास्थित फिक्कल, पञ्चकन्या, साँखेजुङ, गोदकलगायत गाउँका महिला ललीपप उद्योगमा संलग्न छन् । ‘इलाम ललीपप…

सैनिकद्वारा सैनिककै गोली हानी हत्या

पोखरा, ३१ साउन । पोखरा–लेखनाथ महानगरपालिका–६ वैदामस्थित रत्नमन्दिरमा सुरक्षाका लागि खटिएका नेपाली सेनाका एक प्युठले अर्का प्युठलाई गोली हानी हत्या गरेको छ । कास्की जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खड्कबहादुर…

सात वर्षपछि ब्यूँतियो सवा लाख चैत्य बनाउने ‘गुँलाधलँ’ पर्व

भक्तपुर, ३१ साउन । बुद्धमार्गीहरुको छुट्टै पहिचान बोकेको गुँला पर्वको अवसरमा मनाइने सवा लाख चैत्य बनाउने धार्मिक ‘गुँलाधलँ’ पर्व लोपोन्मुख अवस्थामा पुगेको छ । नेपाल सम्वत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने यो पर्व…

अस्थायी शिक्षकले परीक्षामा भाग नलिने

काठमाडौँ, ३१ साउन । अस्थायी शिक्षक संघर्ष समितिले आफ्ना माग पूरा नभएसम्म्म आगामी भदौ ३ गते हुने शिक्षा सेवा आयोगको परीक्षामा भाग नलिने निर्णय गरेको छ । समितिका उपाध्यक्ष जयनारायण ढकालले परीक्षा नसारिए फाराम भरेका आफ्ना सदस्यले भाग…