डा. केसीले अदालत भित्रै प्रधानन्यायाधीश पराजुलीलाई फेरी भने भ्रष्ट

304

 

काठमाडौं, २५ पुस ।  डा. गोविन्द केसीले सर्वाेच्च अदालतमा बयान दिँदै आफूले नभई प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतको अवहेलना गरेको बताएका छन् ।
बयानका क्रममा डा. केसीले पराजुलीको दुई वटा नागरिकता रहेको, उमेर सच्याएको आरोप लगाउँदै पराजुलीलाई न्यायाधीश हुन अयोग्य मान्छे भएको बताएका छन् । पराजुलीमाथि छानविन गर्न पनि उनको माग छ । न्यायालयको अपमान गर्ने आफ्नो कुनै मनसाय नभएको तर, भ्रष्ट नेतृत्व र न्यायाधीशविरुद्ध लड्ने पनि डा. केसीले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.