काठमाडौं, २५ पुस । अदालतको अबहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीसँग सर्वाेच्च अदालतले बयान लिन सुरु गरेको छ ।
केसीसँग सुरुमा बयान लिने र बयान सकिए अबहेलना मुद्दामा सुनुवाइ सुरु हुने बताइएको छ । तर पेसी सूचीमा केसीको मुद्दा परेको छैन । केसीसँगै उनका कानुन व्यवसायी सुरेन्द्र भण्डारी छन् ।
बयान सकिए मंगलबार नै पूरक पेसी सूची सार्वजनिक हुनेछ । अथवा अर्काे दिन सुनुवाइ हुनेछ ।
केसीलाई सिंहदरवार प्रहरी वृत्तबाट सर्वोच्च लगिएको थियो
