काठमाडौं, ३ माघ । काठमाडौंको टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेविज भ्याक्सिनको अभाव भएको छ । अस्पताल प्रशासनले समयमै भ्याक्सिनको व्यवस्था नगरेकाले भ्याक्सिन अभाव भएको कर्मचारीहरुले बताएका छन् । विहानै देखि कुकुर तथा विभिन्न जनावरले टोकेका विरामीहरु अस्पतालमा रेविज विरुद्ध खोप लगाउन लाइनमा बसेपनि उनीहरुले खोप लगाउन पाएका छैनन् । तर सम्बन्धित कर्मचारीहरुले भने विरामीहरुलाई यर्थात जानकारी नदिइ विभिन्न बाहानामा लाइनमै विरामी राखिरहेका छन् भने कर्मचारीहरु भने बाहीर घाम तापेर बसिरहेका छन् ।
