सरकारले तोक्यो प्रदेश प्रमुख र अस्थायी राजधानी

239


काठमाडौं  । सरकारले सात वटै प्रदेशको प्रमुख र अस्थायी राजधानी तोकेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेको हो ।
प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा ५ रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी अस्थायी राजधानी तोकिएको छ ।

यस्तै सरकारले प्रदेश प्रमुख पनि तोकेको छ । प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द सुब्बा , प्रदेश नम्बर २ को प्रमुखमा रत्नेश्वरलाल कायस्थ, प्रदेश नम्बर ३ को प्रमुखमा अनुराधा कोइराला , प्रदेश नम्बर ४ को प्रमुखमा बाबुराम कुँवर , प्रदेश नम्बर ५ को प्रमुखमा उमाकान्त झा , प्रदेश नम्बर ६ को प्रमुखमा दुर्गा खनाल र ७ को प्रमुखमा मोहनराज मल्ललाई तोकिएको छ ।

Leave A Reply

Your email address will not be published.