काठमाडौं, ७ माघ । भारतले नेपालको जग्गा नमिचेको नापी विभागका महानिर्देशक गणेश प्रसाद भट्टले बताउनु भएको छ । वीरगञ्ज महानगरपालिका–१ छप्कैयामा भारतले नेपाली भूमि मिचेको भनिए पनि वास्तविकता त्यस्तो नभएको उहाँको दाबी छ । सिर्सिया नदिले धार परिवर्तन गरेकाले केही नेपाली भूमि भारत तर्फ पर्न गएको र त्यो जग्गा नेपालकै भएको पनि उहाँको भनाई छ । विंरगजको सिर्सिया नदि क्षेत्रमा नेपालको केही भूमि भारततर्फ पर्न गएको र भारतको केही भूमि पनि नेपालतर्फ पर्न आएको उहाँको भनाई छ । वि. सं. २०४५ सालमा नेपालको मन्त्री परिषदको निर्णय अनुसार सुगौली सन्धि ताका नदि जहा थियो त्यहि अनुसार जग्ग्गाको भोगचलन गर्ने निर्णय भएकाले नेपाली भूमि भारततर्फ पर्न गएपनि नेपालीलेनै त्यो भूमि भोगचलन गर्ने उहाँको भनाई छ । दिर्घकालिन रुपमा भने यो समस्याको समाधान नेपाल र भारत दुबै पक्ष बसेर खोज्नु पर्ने उहाँको भनाई छ । यसै सम्बन्धमा स्पष्ट पार्न नापी विभागले केही समयपछि पत्रकार सम्मेलनको आयोजना गर्दैछ ।
