काठमाडौं। ७ माघ । सातवटै प्रदेशसभाका ५५० सांसदहरुको शपथ ग्रहण आज हुदैछ । सम्बन्धित प्रदेशको अस्थायी मुकाममा सांसदहरुको शपथ ग्रहण आज हुन लागेको हो । संघीयतामा गइसकेपछि नेपालको इतिहासमा आज हुन लागेको यो एउटा नयाँ र पहिलो प्रयोग हो । आजका दिनदेखि प्रदेशहरुको गठन र कार्य औपचारिक तवरमा सुरु हुनेछ ।सुरुमा सम्बन्धित प्रदेशका प्रदेश प्रमुखले प्रदेश सांसदहरुमध्ये ज्येष्ठ सदस्यलाई शपथ गराउनेछन् । त्यसपछि अन्य सांसदहरूले ज्येष्ठ सदस्यबाट शपथ लिनेछन् ।
गत १० र २१ मंसिरमा गरी दुई चरणमा सम्पन्न प्रदेशसभा निर्वाचनबाट प्रत्यक्ष ३३० र समानुपातिकतर्फ २२० गरी कुल ५५० प्रदेश सांसदहरु निर्वाचित भएका थिए ।
