कमल थापाको निर्णयले प्राधिकरणलाई झण्डै ४ अर्ब घाटा

185

 

काठमाडौं, ९ माघ । उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री कमल थापाको निर्णयका कारण नेपाल विद्युत प्राधिकरणलाई झण्डै चार अर्ब रुपैयाँ घाटा लागेको छ । खिम्ती र भोटेकोसीमा गरिएको डलर विद्युत खरिद सम्झौता (पीपीए) का कारण आर्थिकरूपमा थलिएको विद्युत प्राधिकरणलाई ३ अर्ब २६ करोड ३८ लाख ४८ हजार रुपैयाँ घाटा लागेको हो । नयाँ कार्यविधि आएपछि पनि पुरानै कार्यविधिअनुसार अघि बढ्ने गरी मन्त्री थापाले गरेको निर्णयले यस्तो अवस्था सिर्जना भएको हो ।
ऊर्जा मन्त्रालयले विद्युत नियमावली २०५० को नियम ९४ को ‘क’ दफामा रहेको अधिकार प्रयेग गरी ल्याएको ग्रिड कनक्टेड सौर्य ९सोलार० विद्युत ऊर्जा विकाससम्बन्धी कार्यविधिमा प्रतियुनिट ७ रुपैया ३० पैसा रहेकोमा पुरानै कार्यविधिको आधारमा २१ सोलार आयोजनासँग पीपीए गर्न ३ माघ ०७४ मा उपप्रधानमन्त्री एवं ऊर्जामन्त्रीस्तरीय निर्णय गरेका थिए । निर्णय कार्यान्वयनका लागि ५ माघमा विद्युत प्राधिकरणमा पठाइएको थियो ।

Leave A Reply

Your email address will not be published.