जल चढाउन जाँदा करेन्ट लागेर मृत्यु

194

 

सर्लाही, ८ माघ । सर्लाही कौडेना गाउँपालिका–४ की ५० वर्षीया कलावतीदेवी साहको करेन्ट लागेर मृत्यु भएको छ ।

आज बिहान श्रीपञ्चमीको अवसरमा चक्रघटा गाउँपालिका–१ शिवनगरमा जल चढाउन जानु भएकी उहाँ करेन्ट लागेर घाइते हुनुभएको छ थियो ।

घाइते साहको स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि सदरमुकाम मलंगवा लाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उहाँलाई मन्दिर बाहिर झिलीमिली बत्ती बाल्न निकालेको तारमा करेन्ट लागेको थियो ।

Leave A Reply

Your email address will not be published.