प्रदेश ३ मा को बन्दैछ मुख्यमन्त्री?

10

काठमाडौँ, २६ माघ । सहमति नभएपछि नेकपा एमाले प्रदेश नं ३ को संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा हुने निर्वाचनका लागि अहिले उम्मेदवारी दर्ता चलिरहेको छ । हालसम्म डोरमणि पौडेल ९मकवानपुर० ले उम्मेदवारी दर्ता गर्नुभएको छ भने पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य ९काठमाडौँ० ले उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।

यसअघि चर्चामा रहेका राजेन्द्र पाण्डेले उम्मेदवारी नदिने बुझिएको छ । दलको नेता प्रदेशको मुख्यमन्त्री हुने भएकाले यो प्रतिस्पर्धा रोचक हुने देखिएको छ । मनोनयनपछि दिउँसो १२ः३० पछि निर्वाचन हुने सो पार्टीका पोलिटब्यूरो सदस्य एवं प्रदेशसभा सदस्य सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.