स्थानिय जनप्रतिनिधिलाई राजीनामा दिन विप्लवको उर्दी

राजिनामा नगरे जे पनि हुनसक्ने धम्कि

341

२२ फागुन । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ओखलढुंगाका स्थानिय तहका जनप्रतिनिधिहरुलाई राजीनामा दिन दबाब दिएको छ ।

पार्र्टीको भातृसंगठन जनपरिषद् नेपालले जिल्लाका आठ ओटै स्थानिय तहको नाममा पत्र लेख्दै राजीनामाको माग गरेका हुन् । पत्रमा ‘प्रतिगामि संविधानको कार्यान्वयन गर्ने बाहानामा गरिएको कथित स्थानिय तहको निर्वाचन’  पार्टीलाई स्विकार्य नभएको पनि जनाइएको छ ।

‘मुलुकभर जनताको सरकार स्थापित गरेर जनताको सेवा, राष्ट्रको स्वाधिनता सामाजिक सुरक्षा सहितको विकास र समृद्धिको आधार तयार गर्नको लागि तपाईंले आफ्नो पदबाट राजीनामा दिई जनताको सरकारलाई सहयोग गर्न विनम्रता पूर्वक आग्रह गर्दछौँ । अन्यथा उत्पन्न हुने परिस्थितिको जिम्मेवार तपाईं आफैं हुनुपर्नेछ ’ पत्रमा भनिएको छ ।

Leave A Reply

Your email address will not be published.