राष्ट्रपतिमा भण्डारी र राईबीच भिडन्त

269

काठमाडौं, २३ फागुन । नेकपा एमालेले वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ भने नेपाली कांग्रेसले पूर्वसांसद कुमारी लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । मध्यरातसम्म बसेको एमाले स्थायी कमिटीको बैठकले उम्मेदवार चयन गरेको हो ।

यसैगरी कांग्रेस पार्टी कार्यालय सानेपामा बिहीबार बसेको बैठकले राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

राई कांग्रेस नेता देवानसिंह राईकी छोरी हुन् ।

एमालेमा राष्ट्रपतिका लागि भण्डारीसँगै पूर्वप्रधानमन्त्री झलनाथ खनाल दावेदार थिए । तर, भण्डारीको नाममा सहमति जुटेको छ ।

भण्डारी ११ कात्तिक २०७२ मा गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति बनेकी थिइन ।

राष्ट्रपति चयनका लागि आज बुधबार उम्मेदवारी दर्ताको समय तोकिएको छ । २९ गते निर्वाचन हुनेछ ।

प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरको निर्वाचक मण्डलले राष्ट्रपति चयन गर्नेछ । वाम गठबन्धनको प्रष्ट बहुमत भएकाले राष्ट्रपतिमा भण्डारीनै निर्वाचित हुने पक्का छ ।

Leave A Reply

Your email address will not be published.