सुनको सिक्री लुटपाट

652


काठमाडौं, १८ कात्तिक । काठमाडौं नयाँबानेश्वर बस्ने खोटाङकी २५ वर्षीया समिक्षा राईको घाँटीमा लगाएको करिब १।५ तोलाको सुनको सिक्री शनिबार साँझ लुटपाट भएको छ । काठमाडौं महानगरपलिका(१० नयाँबानेश्वर पिपलबोट नजिक हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका ब्यक्तिहरुले उक्त सिक्री लुटपाट गरी फरार भएको बताइएको छ ।
फरार लुटेराहरुको प्रहरीले खोजी गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोतः नेपाल प्रहरी

Leave A Reply

Your email address will not be published.