काठमाडौं, २६ पुस । अदालतको अवहेलना मुद्दा खेपिरहेका डा. गोविन्द केसीलाई आज पनि सर्वाेच्च अदालतमा पेश गरिएको छ । प्रहरीले विहानै उनलाई सर्वाेच्च अदालत पुर्याएको हो । मंगलबार साँझ स्वास्थ्यमा समस्या देखिएपछि डा. केसीलाई वीर अस्पताल भर्ना गरिएको थियो । उनको मुटुको धड्कन तीव्र हुनुका साथै मांशपेशी बाउँडिने समस्या देखिएपनि अनसनमा रहेको भन्दै केसीले औषधि खान भने मानेका छैनन् ।