माओवादी मन्त्रीहरुले शुक्रबार सामुहिक राजीनामा दिने

काठमाडौं, पुस २६ । नेकपा माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीले शुक्रबार सामूहिक राजीनामा दिने भएका छन् ।  विनाविभागीय मन्त्रीको हैसियतमा रहेका माओवादी मन्त्रीहरुले शुक्रबार राजीनामा दिनेछन् ।

गत जेठमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्माण भएको सरकारमा नेता कृष्णबहादुर महराको नेतृत्वमा माओवादी मन्त्रीहरु सहभागी भएका थिए ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीहरुलाई विनाविभागीय बनाएका थिए ।

 

 

main with picture
Comments (0)
Add Comment