काठमाडौं, २९ पुस । अनसनरत डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले प्रतिवद्धता जनाएको छ । सरकार र डाक्टर केसीबीच माग सम्बोधनका लागि पहल गर्ने सम्बन्धमा ५ बुँदे सहमति भएपछि डाक्टर केसीले अनसन स्थगित गरेका छन् ।
सरकारका तर्फबाट शिक्षामन्त्री दीपक बोहोरा र केसीबीच सहमति भएको हो ।
शुक्रबार साँझ नै सरकारसँग अनसन अन्त्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भए
को थियो । तर डाक्टर केसीले शनिबार बिहान मात्रै औपचारिक रुपमा अनसन तोडेका हुन् ।
त्रिवि शिक्षण अस्पताल अगाडि जुत्ता सिलाउने काम गर्दै आएका नथुनी मोचीले डाक्टर केसीको अनसन तोडाएका हुन् ।
प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा नदिए आफू पुनःसत्याग्रह आन्दोलनमा बस्ने चेतावनी दिएका छन् ।