काठमाडौं । काठमाडौंको चिनारी धरहराको ऐतिहासिक र धार्मिक महत्वको सम्मान गर्दै धरहरा सम्वत सुरु हुने भएको छ । माघ १ गते माघे संक्रान्तिको अवसर पारेर एक आख्यानको विमोचनका साथै धरहरा सम्वतको घोषणा हुने भएको हो । लेखक ध्रुव गजुरेलबाट रचना गरीएको पुस्तक “ऋतु ” २०७४ माघ १ गते तारकेश्वर नगरपालीका वडा नं. ३ मा वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठबाट विमोचन हुदैछ । उक्त पुस्तक मार्फत सार्वजनिक हुन लागेको धरहरा सम्वत नेपाल पुननिर्माण प्राधिकारणका पूर्व अध्यक्ष प्रा. डा. गोविन्द राज पोखरेल र वर्तमान अध्यक्ष श्री युवराज भूषाल दुवैको शुभकामनासहित बीमोचन समारोहमा नै सार्वजनिक हुदैछ । उक्त विमोचन समारोहमा प्रमुख अतिथीको रुपमा सभासद रामविर मानन्धर र प्रा. डा. गोविन्द राज पोखरेल रहनुहुनेछ ।