दाङ, ३ माघ । प्रदेश नम्बर ५ को राजधानी दाङ बनाउन माग गर्दै स्थानीयले बुधबारदेखि अनिश्चितकालीन दाङ बन्दको आह्वान गरेका छन् ।
बन्दका कारण दाङ क्षेत्रको जनजिवन प्रभावित भएको छ । लामो तथा छोटो दूरीका यातायातका साधन चलेका छैनन भने उद्योग, कलकारखाना, शिक्षण संस्था सबै बन्द छन् ।
दाङ लाई नै ५ नम्बर प्रदेशको राजधानी बनाउनको निम्ति दबाबस्वरुप अनिश्चितकालीन दाङ बन्द आह्वान गरिएको प्रदर्शनकारीहरुले बताएका छन् ।