कोमल ओली एमालेबाट राष्ट्रियसभा सदस्य उम्मेदवार

 

काठमाडौँ, ८ माघ । नेकपा एमाले ले आशन्न राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार तय गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा केहीबेर अघि सम्पन्न स्थायी कमिटी बैठकले ती नाम तय गरेको हो । बैठकपछि पार्टीका सचिव प्रदीपकुमार ज्ञवालीले जारी गरी प्रदेश नं ७ बाट कमला ओली ९महिला० कैलाली, इन्दु कडेरिया बिष्ट  (महिला) कञ्चनपुर, शेरबहादुर कुँवर (खुला) अछाम, चक्रप्रसाद स्नेही (दलित) डडेलधुरा बनाइएको जानकारी दिनुभएको हो ।
यसैगरी प्रदेश नं ६ बाट कविता बोगटी (महिला) हुम्ला, नन्दा शर्मा (महिला) सुर्खेत, नरपति लोहार (दलित) कालिकोट, भैरवसुन्दर श्रेष्ठ (खुला) जाजरकोट, ठगेन्द्र पुरी (खुला) पश्चिम रुकुम लाई उम्मेदवार बनाएको छ ।
प्रदेश नं ५ बाट रामलखन हरिजन (दलित) पश्चिम नवलपरासी, खिमलाल भट्टराई ९खुला० रुपन्देही, मीना बुढा (महिला) रोल्पा र कोमल वली ९महिला० दाङलाई उम्मेदवार बनाइएको छ । अन्य प्रदेशको उम्मेदवारको नामावली एमालेले सार्वजनिक गरेको छैन ।
यही माघ २४ गते हुने सो निर्वाचनमा एमालेले नेकपा (माओवादी केन्द्र) सँग तालमेल गरी २९ सदस्यमा मात्र उम्मेदवार दिनेछ
बैठकले माओवादी केन्द्रसँगको पार्टी एकीकरण प्रक्रिया सकारात्मक दिशामा अगाडि बढिरहेकामा विश्वस्त हुन आग्रह गर्दै सिङ्गो पार्टी पङ्क्तिलाई एकीकरण प्रक्रियालाई बल पु¥याउने गरी काम गर्न निर्देशित गरेको छ ।

main
Comments (0)
Add Comment