काठमाडौं, १४ माघ । आउँदो माघ २४ का लागि तय गरिएको राष्ट्रियसभा सदस्य निर्वाचनमा मनोनयन दर्ता गरेका उम्मेदवारहरुको नामावली आज प्रकाशन हुने भएको छ ।
गत बुधबार निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन दर्ता गराएको थियो । निर्वाचन आयोगले शनिबार उम्मेदवारविरुद्ध परेका उजुरीमाथि निर्णय गरिसकेको छ । उम्मेदवारी दर्तापछि उजुरी गर्न समय दिएको आयोगले त्यसको छानबिन सकेलगत्तै नामावली प्रकाशन गर्न लागेको हो । उम्मेदवारी दर्ता गराएकाहरुको अन्तिम नामावली प्रकाशन गर्न लागेको आयोगले उम्मेदवारी फिर्ताका लागि आइतबार दिउँसो १ बजेदेखि सोमबार दिउँसो २ बजेसम्मको समय दिएको छ ।
यो बीचमा इच्छुक उम्मेदवारहरुले उम्मेदवारी फिर्ता सक्नेछन् । सोमबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ । अन्तिम नामावली प्रकाशनपछि सोमबार नै उम्मेदवारलाई चुनाव चिहृन वितरण गर्ने आयोगको कार्यतालिका छ ।
५९ सदस्यका लागि हुन लागेको चुनावमा ८३ जनाको उम्मेदवारी परेको थियो । त्यसमध्ये १८ जना निर्विरोध भएका छन । एक जनाको उम्मेदवारी खारेज भएको छ