काठमाडौं, १४ माघ । सगरमाथा राजमार्गको गाइघाट दिक्तेल खण्डको दुधकोशीमा निर्माणाधिन पक्की पुल लामो समयदेखि अनावश्यक र अकारण बिलम्ब हुँदै आएपछि नवनिर्वाचित सांसद विशाल भट्टराइलगायतले विलम्व गर्ने दोषीहरुलाई कालो मोसो दल्ने चेतावनी दिएका छन् । भट्टराईले फेसबुक स्टाटस लेखेर पुल निर्माणमा ढिलाइ गर्नेलाई जनताले कालो मोासे दल्ने चेतावनी दिएका हुन् । भट्टराइले फेसबुकमा लेखे्का छन् ः
“लामो समयदेखि बिलम्ब गर्दै नबनिरहेको फोक्सिङटारको मोटरेबल पुलको बिषयमा हामी जनप्रतिनिधिहरुको अग्रसरतामा सडक बिभागमा सरोकारवालाहरुको बैठक बस्यो ।
सडक बिभागका महानिर्देशक, पुल महशाखा प्रमुख, आयोजना प्रमुख सहितका उच्चपदस्थ कर्मचारीस निर्माण कम्पनीका प्रमुख रामकुमार थापा सहित हामी अगुवा खोटाङेहरु उपस्थित बैठकमा पाँचकर्ण राई, हरि पोखरेल,नवल खड्का, उत्तम भट्टराई लगायतले पुल अबिलम्ब निर्माण गर्नुपर्ने बताउनु भयो ।
सगरमाथा राजमार्गको गाइघाट- दिक्तेल खको दुधकोशीमा निर्माणाधिन पक्की पुल लामो समयदेखि अनावश्यक र अकारण बिलम्ब हुँदै आएको छ र हाम्रो
आरोप छ कि यो पुल बिलम्ब हुनुमा ठेकेदार र बिभागका उच्चपदस्थ कर्मचारी जिम्मेवार छन ।
मैले त्यस क्षेत्रको जनप्रतिनिधिको हैसियतले भने -हामी कसैका कारण समस्या भयो भने सार्बजनिक गर्नुस तर अब तपाईंहरुलाइ यो पुल ढीला गर्ने कुनै छुट हुदैन।
निर्धारित समय ०७५ चैत्र भित्र सम्पन्न भएन भने तपाईंहरुलाइ जनताले कालोमोसो दल्छन् ।”