काठमाण्डौं, २६ माघ । नेकपा एमाले प्रदेश ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् । यससँगै उनी प्रदेश ३ को मुख्यमन्त्री बन्ने भएका छन् । एमालेको प्रदेश ३ को संसदीय दलको नेता चुन्न शुक्रबार भएको चुनावमा अष्टलक्ष्मी शाक्य र पौडेलले उम्मेदवारी दिएका थिए । चुनावमा ५८ मत खसेकोमा पौडेलले ३४ मत पाए भने शाक्यले २४ मत पाइन् ।