पशुपतिमा नागा बाबामाथि आक्रमण, २ घाइते

काठमाण्डौं, २ फागुन । महाशिवरात्री पर्व मनाउन भारतबाट पशुपतिनाथ मन्दीर आएका नागा बाबाहरु माथि आक्रमण भएको छ । महाशिवरात्री पर्वको भोलीपल्ट बुधबार पनि नाङगै हिंडेको भन्दै गौशालामा युवाहरुको समुहले आक्रमण गरेको हो । आक्रमणका कारण २ जना नागा बाबाहरु घाइते भएका छन् । सडक किनारमा घाम तापेर बसिरहेका युवाहरुले नागा बाबाहरुलाई देख्ने बित्तिकै समाजको भावना विपरीत नाङगै हिडेको भन्दै आक्रमण गरेका हुन् । युवाहरुको आक्रमण पछि अन्य बाबाहरुको भागदौड भएको थियो ।

main with picture
Comments (0)
Add Comment