मोरङ, ६ फागुन । मोरङको विभिन्न स्थानबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई केन्द्रीय नेतासहित ३५ भन्दा बढी नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
पार्टीको भातृ संगठन राष्ट्रिय युवा जनस्वंयसेवकको तेस्रो राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । पार्टीका केन्द्रीय नेताहरु हेमन्तप्रकाश वली र पूर्वराज्यमन्त्री पदम राईसहित ३५ भन्दा बढी नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । नेता कार्यकता पक्राउ परेपछि कार्यक्रम विथोलिएको छ । विराटनगरमा आयोजित कार्यक्रममा सहभागी हुन आएका उनीहरुलाई विराटनगरको राजवंशी चोक, संसारीमाई लगायतका स्थानबाट पक्राउ गरेको हो ।
सोधपुछ गर्न छ भनी कार्यक्रमस्थलबाट एउटा गाडी र तीन दर्जन वढी कार्याकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको माओवादी नेताहरुले बताएका छन् । विराटनगरबाट नियन्त्रणमा लिएकाहरुलाई जिल्ला प्रहरी कार्यालयकामा राखिएको छ भने अन्य स्थानबाट नियन्त्रणमा दिएकालाई सम्बन्धित प्रहरी कार्यालयमा राखिएको छ ।