काठमाडौं, ९ फागुन । राजधानीमा भुकम्पको धक्का महसुश भएको छ । बुधबार बिहान २ बजेर २३ मिनेमा काठमाण्डौको डल्लु केन्द्रबिन्दु भएर३.५ रेक्टरस्केलको भुकम्प भएको भुकम्प मापन केन्द्रले जनाएको छ । भुकम्पको धक्का राम्रै महसुश भए पनि क्षतिको विवरण भने प्राप्त नभएको प्रहरी कन्ट्रोलले जनाएको छ । भुकम्पका कारण राजधानी र आसपासको क्षेत्रमा हल्ललाखल्ला मच्चिएको थियो ।
खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार हालसम्म ४ रिक्टरभन्दा माथिका ४८९ परकम्प गएका छन् ।