आज हावाहुरी सहित वर्षा हुने

 


काठमाडौं, १३ फागुन । आइतबार हावाहुरी र मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पश्चिम र मध्य नेपालका धेरैजसो क्षेत्रमा हावाहरीसहित पानी पर्ने अनुमान गरिएको हो । पूर्वी नेपालमा भने केही पहाडी क्षेत्रमा मात्र पानी पर्ने सम्भावना छ ।

पश्चिमी वायुको प्रभावले देशभरी नै बदली भएको र केही स्थानमा मेघ गर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविदको भनाई छ । आज दिनभर लगभग बदली नै रहने छ । बदली एकछिन खुल्ने र फेरि बदली हुने भइरहने संभावना छ ।

अहिले पश्चिमतिर प्राय बदलीकै अवस्था छ । यो बिस्तार मध्य हुँदै पूर्वतिर सरिरहेको छ । त्यसैले आज दिनभरी मौसममा बदलीकै अवस्था रहने अनुमान गरिएको छ ।

main with picture
Comments (0)
Add Comment