काठमाडौं, १३ फागुन । माओवादीभित्र गृहमन्त्री को बन्ने भन्ने विषयमा आन्तरिक किचलो देखिएको छ भने एमालेमा मन्त्रीको आकंक्षी धेरै भएकाले नेताहरुको व्यवस्थापन गर्न कठिन भएको छ । । माओवादीभित्रको किचलो र एमालेमा मन्त्रीका लागि भइरहेको हानाथापका कारण मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको छ ।माओवादीबाट गृहमन्त्रीका लागि रामबहादुर थापा र वर्षमान पुनले अडान छाडेका छैनन् ।
माओवादीबाट सरकारको नेतृत्व बादलले गर्नेमा सहमति भएको छ । तर गृहमन्त्रीको विवाद भने बाँकी नै छ । उता एमालेमा पनि मन्त्रीहरुको टुंगो लागेको छैन । पार्टी स्थायी कमिटीले प्रमुख नेताहरुसँगको परामर्शमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीलाई मन्त्री छान्ने अधिकार दिएको छ । तर, ओली निकटकै नेताहरुले समेत आफूले चाहेको मन्त्रालय नपाए असहयोग गर्ने घुर्की दिन थालेपछि अध्यक्ष ओली समस्यामा परेका छन् ।