काठमाडौं, १४ फागुन । कैलालीको टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीले जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका छन् । टीकापुर घटना लगत्तै फरार रहेका चौधरी सोमबार बिहान जिल्ला अदालत कैलालीमा आफैं उपस्थित भएका हुन् । उनी प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
चौधरी आज बिहान ११ बजे अदालतमा उपस्थित भएको कैलाली प्रहरीले जनाएको छ ।
२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा भएको घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ सुरक्षााकर्मी तथा एक नाबालकको ज्यान गएको थियो ।