सोभियत रुसका युवती यसरी गर्छन भगवान् रामको भजन कीर्तन

धनगढी, ५ चैत । कैलाली जिल्लाको गोदावरी धाममा सोभियत रुसबाट आएका भनिएका तीनजना हिन्दू युवती भजन कीर्तनसहित भगवान् रामको साधनामा लागेका छन् ।

रामनवमी पर्वको नवरात्र शुरु भएको अवसरमा आइतबारदेखि पहेँलो बस्त्रको पहिरनमा उनीहरु गोदावरी धाममा पुगेर साधनारत रहेका हुन् ।

भारतको वनारस हुँदै गोदावरी धाम पुगेका ती युवती हरिद्वारको जुना अखडाबाट दीक्षित भएको बताइएको छ ।

तीनमध्ये एकजना गाँजा भाङका अम्मली रहेको र उनीहरु गोदावरी धामको जंगलको बीचमा दैनिक तीन घण्टासम्म भजनकीर्तन गरेर बसेको पाइएको प्रत्यक्षदर्शी चित्रराज भट्टले बताउनुभयो ।

रुसका युवतीले हिन्दू धर्मप्रति आस्थावान भई धार्मिक गतिविधिमा सहभागी भएबाट स्थानीय बासिन्दामा कौतुहलता जगाइदिएको छ ।

main with picture
Comments (0)
Add Comment