काठमाडौं, ९ बैशाख । लोकप्रिय नेता मदन भण्डारीको नाममा स्थापित अनामनगर विजुलीबजारस्थित मदन भण्डारी मेमोरीयल कलेजको विकृतिको सम्बन्धमा न्युजभ्युजनेपाल डटकमले तथ्यपरक समाचार प्रकाशित गरेपछि कलेज प्रशासनले समाचारको संभावित स्रोत खोजी गर्दै धम्काउन सुरु गरेको छ ।
कलेजमा जम्मा गरेको भुकम्पपिडितको नाममा आएको राहत सामाग्री कुहिएर गएको र कलेज प्रशासनले पिडितको नाममा आएको राहत दुरुपयोग गरेको समाचार, र कलेज प्रशासनबाट कर्मचारीलाई स्वेच्छाचारी ढंगबाट निश्कासित गरेको समाचार न्युजभ्युजनेपाल डटकमले प्रकाशित गरेपछि आफू सच्चिनुको साटो संभावित समाचार स्रोतलाई अनुमानको आधारमा धम्काउन सुरु गरेको एक बाहालवाला कर्मचारीले टेलिफोनमा हाम्रा संवाददातालाई बताएका छन् ।
कलेजबाट भर्खर निकालिएका तीन जना कर्मचारी मार्फत नै समाचार बाहिर गएको भन्दै कलेज प्रशासनले धम्काउन सुरु गरेको हो । प्रकाशित समाचारमा सत्यता नभए प्रेस काउन्सिल मार्फत उपचार खोज्ने कानुनी व्यवस्था हुदाहुदै कपोकल्पित ढंगबाट व्यक्ति विशेषलाई आरोप लगाउँदै धम्काउने गरेको कर्मचारीहरुले बताएका छन् ।
“जागिरबाट निकालिएका पूर्व कर्मचारीहरुलाई टेलिफोन सम्पर्कसमेत नगर्न र कसैले उहाँहरुसँग बोलेको थाहा पाए कारवाही गर्ने धम्किपूर्ण चेतावनी हामीलाई दिइयो,” आफ्नो नाम उल्लेख नगर्ने शर्तमा कलेजका एक कर्मचारीले भने । “समाचारले इगित गरेको विकृतिको अन्त्य गर्न खोज्नुको साटो झन धम्की पो सुन्नु परेको छ ।” ती कर्मचारीले भने- “कमिलालाई काल आयो भने पखेटा पलाँउछ भनेको यही होला ।”
“समाचार आएपछि कलेजले सम्बन्धित विषयका विकृति अन्त्यको प्रयास गर्ला भन्ने अपेक्षा थियो तर झन धाकधम्की सुन्दै जागिर खानु परेको छ ।” आफ्नो नाम नलेखिदिन आग्रह गर्दै अर्का कर्मचारीले भनिन् – “कलेजमा विकृति फैलाउनेहरुले कलेजको बेइज्जत गरिरहेका छन् । समाचारले त सत्य तथ्य मात्र बाहीर ल्याइदिएको हो ।”
नेपाली जनताका सर्वस्विकार्य जननेता भण्डारीको नाम बेचेर उहाँकै नाम बदनाम गर्नेहरु आफ्नो हर्कतबाट लाज मान्नुको साटो झन समाचार लुकाउने र कसले समाचार दियो भन्दै धम्काउन सुरु भएको हाम्रो सम्पर्कमा आएका अर्का कर्मचारीले बताए । कलेजबाट भर्खरै निकालिएका एक पूर्व विद्यार्थीसमेत रहेकी पूर्वकर्मचारीले नै समाचार दिएको भन्दै उनको बेइज्जत गर्ने धम्कि दिएको कलेजमै बाहालवाला एक कर्मचारीले बताए । उनीसँग टेलिफोनमा कुरा गरे सबैको कल डिटेल हेर्ने धम्कि कलेजकै तल्लो तहमा काम गर्ने र कलेज प्रशासनसँग मिलेर कर्मचारीलाई प्रताडित गर्दै आएका एक कर्मचारीले धम्काएको स्रोतले बतायो । मास्टरको थेसिस सक्न बाँकी रहेकी ती पूर्व विद्यार्थीको थेसिस रोक्ने धम्की दिएको स्रोतले बतायो । “कसरी थेसिस गर्दी रहेछी हेरौला “भन्दै सन्तोश नाम गरेका एक कर्मचारीले सबै कर्मचारीका अघि धम्काएको स्रोतले बतायो । स्मरणिय छ सन्तोश नाम गरेका ती व्यक्ति प्राज्ञिक कर्मचारी नभइ स्टोरमा काम गर्न कर्मचारी हुन् । स्टोरका काम गर्ने कर्मचारीले प्राज्ञिक विषयमा कुरा गर्नुले कलेज कसरी चलेको रहेछ भन्ने स्पष्ट भएको ती कर्मचारीको भनाई छ ।
“पहुँचका आधारमा जागिर खाएका तीनै सन्तोशले बारम्बार कलेज प्रशासनसँग मिलेर हामीलाई प्रताडित गर्ने गरेका हुन्, ” ती कर्मचारीले आरोप लगाए ।
कलेजमा अझ श्रम शोषण, विद्यार्थी भर्नामा मनलाग्दीलगायतका धेरै विकृतिहरु रहेको र त्यसबारेमा पनि समाचार आउनु पर्ने उनको भनाइ छ ।
स्मरणिय छ देशमा प्रेस स्वतन्त्रता छ । र आम जनताको चासोको विषयमा लेख्ने र बोल्ने अधिकार सबैलाई छ । तर देशको ऐन, कानुन र संविधान अनुसार संचालित प्रेसले जिम्मेवार ढंगबाट संस्था सच्चिने आग्रह साथ प्रकाशित गरेको समाचारबाट आफू सच्चिन छाडेर समाचार लुकाउने र संभावित समाचार स्रोतलाई धम्काउने कानुन विपरित हर्कत हो । समाचारको स्रोत गोप्य राख्ने पत्रकारीताको समान्य नियम र धर्म नै हो । न्युजभ्युजनेपाल डटकममा आएको समाचारको आधारमा कसैलाई धम्काउनु र अुनुमानकै आधारमा आरोप लगाउँदै पढाइ अवरोध गर्दिन्छौ भन्नु सरासर गैरकानुनी काम हो । समाचारमा सत्यता नभए जस्तोसुकै कारवाही भोग्न न्युजभ्यूज नेपाल डककम तयार छ तर संस्थाको संभावित समाचार स्रोतलाई धम्काउने र आतंकित पार्न खोज्ने हर्कत कुनै हालतमा स्विकार्य नभएको र यसको कानुनी उपचार खोज्न संचार माध्यम बाध्य हुने सबैलाई जानकारी भएकै विषय हो ।
मदन भण्डारीको आदर्श नाम बद्नाम गर्ने प्रयास गर्दै विभिन्न हर्कत गर्ने कलेज प्रशासन उपर छानविन गरी सत्य तथ्य बाहीर ल्याउनु पर्नेमा कलेज संचालक समिति र सम्बन्धित निकायको मौनता पनि उदेक लाग्दो छ ।
aati matra haina aahaa ta pahila bharana gareko belama bhaneko rakam Ra paxi line Pani badi Xa ani scholarship bhanera aauta students bata 21500 liyako Xa aastyo ni scholarship hunxa dherai hinaa minaa hunxa to clz ma game ma prize hudaina to clz maa dherai subidhaharuko aabhab Xa