नेकपा (माले) उद्गमस्थलमा एकताको उत्साह

उर्लाबारी, मोरङ, ५ जेठ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टीबीच एकीकरण भई ‘नेपाल कम्युनिष्ट पार्टी’ घोषणा भएपछि नेकपा९माले०को उद्गमस्थलका नेता तथा कार्यकर्तामा उत्साह छाएको छ ।

मोरङ जिल्ला कम्युनिष्ट आन्दोलनको उद्गमस्थल मानिन्छ । जिल्लाको इटहरा, डिपु (हाल रतुवामाई नगरपालिका) मा विसं २०३५ मा नेकपा (माले) को गठन भएको थियो । सो ठाउँमा तत्कालीन मालेका नेता९पछि एमाले महासचिव० मदन भण्डारी घरै बनाएर बस्नुभएको थियो । अहिले नेता भण्डारीको घर रतुवामाई–१०(साविक इटहरा)मा पर्छ । मदन भण्डारी स्मृति प्रतिष्ठान, उर्लाबारीले सोही घरलाई संरक्षण गरेर राखेको छ । प्रतिष्ठानले उर्लाबारी–३मा मदन भण्डारी सङ्ग्रहालय पनि निर्माण गरेको छ ।

तत्कालीन एमालेका नगर सचिव गंगाप्रसाद बाँस्तोला जननेता भण्डारी र जीवराज आश्रितको स्मृति दिवसका दिन दुई ठूला कम्युनिष्ट पार्टी एक हुनु भण्डारीले देखेको समृद्धिको यात्राको शुरुआत भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “अब वर्तमान सरकार भण्डारीले देखेको समृद्धिको यात्रामा हिँड्नुको विकल्प छैन । एकीकरण हुँदा पार्टीमा कहाँ परिन्छ भन्ने कुरातर्फ नसोचेर समग्र कम्युनिष्ट आन्दोलन बलियो बन्छ भन्ने कुरामा जिल्ला र गाउँतहसम्मका नेता कार्यकर्ताले प्राथमिकता दिनुपर्ने हुन्छ ।”
मोरङ क्षेत्र नं १ (क) का प्रदेशसभा सदस्य एवं तत्कालीन नेकपा ९माओवादी केन्द्र० का जिल्ला इञ्चार्ज कुलप्रसाद साम्बा एकीकरणसँगै शहीदको बलिदानीलाई सम्मान गर्दै जनतालाई परिवर्तनको अनुभूति दिलाउन गुटउपगुटको राजनीति पनि यहीँ अन्त्य हुनुपर्ने आवश्यकतामा जोड दिनुहुन्छ । उहाँले चाँडोभन्दा चाँडो वडा तहसम्मको एकीकरणको अभियान सञ्चालन भएमा भावनात्मक एकता बलियो बन्ने विश्लेषण गर्नुहुन्छ ।

दुई दलबीचको एकताले जनस्तरबाट उत्साह व्यक्त भइरहेको छ । निर्वाचनअघि जनतासँग गरिएको प्रतिबद्धतानुरुप अब अघि बढ्नाको विकल्प नरहेको तत्कालीन एमाले मोरङका अध्यक्ष विनोद ढकाल बताउनुहुन्छ । तत्कालीन माओवादी केन्द्रका मोरङ संयोजक गोपी आछामी सुशासन, आर्थिक उन्नति र समाजवादका लागि दुई कम्युनिष्ट पार्टीबीच एकता भएको बताउँदै भन्नुहुन्छ, “निर्वाचनको समयमा जनतासँग वाचा गरिएको समृद्धिको यात्रा शुरु गर्न अब ढिला गर्नुहुन्न ।” एउटा दलले मात्र परिवर्तन गर्न सम्भव नहुने बुझेपछि बढेको एकीकरणको आवश्यकताले परिवर्तनको अनुभूति गर्न पाउने अवस्था सिर्जना हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “यो एकताले संघीयतालाई संस्थागत गर्न सहज बन्छ ।”
नेकपामा आबद्ध उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रबहादुर भट्टराई सरकारले अब जनताको पक्षमा जनपक्षीय कार्यक्रम ल्याउन आवश्यक रहेका बताउनुहुन्छ । उहाँ आगामी बजेटले नागरिकलाई विकास र समृद्धिमा जोड्न सके मात्र नेकपाले समृद्धि ल्याउन सक्नेमा जनतामा विश्वास बढ्ने धारणा राख्नुहुन्छ । राजनीतिक अस्थिरताको अन्त्य भई मुलुक समृद्धितर्फ अगाडि बढेको छ भन्दै उहाँले वर्तमान कम्युनिष्ट सरकारले स्थानीयस्तरमै लगानीको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधिसभा सदस्य घनश्याम खतिवडाले निर्वाचनको समयदेखि नै दुई पार्टीबीच हुने एकताको सन्देशले कार्यकर्तामा उत्साह भइरहेको बताउँदै पार्टीलाई एकताबद्ध गराउँदै आगामी पाँच वर्षभित्र समृद्धिको यात्रा कोर्न सके मात्र कम्युनिष्ट एकताको महत्व जनताले बुझ्ने स्पष्ट गर्नुभयो । मोरङका छ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये पाँच निर्वाचन क्षेत्रमा नेकपाले जीत हात पारेको छ ।
–––

main with picture
Comments (0)
Add Comment