स्याङजा चापाकोटको बाल कल्याण माबि अध्यक्षमा पुनः पुरी

स्याङजा, चापाकोट, जेठ ११ । स्याङजाको चापाकोट नगरपालिका वडा नम्बर ४ स्थित श्री बाल कल्याण माध्यामिक बिद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा विश्वास पुरी पुनः सर्वसम्मत चयन हुनु भएको छ ।
बिद्यालयमा केही दिन अघि बसेको अभिभावक भेलाले पुरीलाई चौथो पटक बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्बसम्मत चयन गरेको हो । युवा समाजसेवी पुरी चापाकोट नगरपालिकाका सल्लाहकार समेत हुन् । भर्खर २८ औ वसन्तमा प्रवेश गर्दै गरेका पुरी समाजका धेरै संघसंस्थामा आवद्ध छन् । युवा समाजसेवी पुरीको नेतृत्वमा बिद्यालयले थप प्रगती हासिल गर्ने अपेक्षा गरेको अभिभावकहरुले बताएका छन् ।
नवगठित समितिको सदस्यमा कलावती लम्साल, धन बहादुर नेवार, सिता लम्साल, भिमा कुमारी लामा, बुद्धि बहादुर विक चयन हुन भएको छ भने सदस्य सचिवमा भिमलाल पुरी, शिक्षक प्रतिनिधिमा गोपाल प्रसाद लम्साल र बाल क्लव प्रतिनिधिमा असिम मानन्धर चयन हुनु भएको छ ।

Comments (0)
Add Comment