विराटनगर महानगरपालिकाको कार्यालयमा बम विस्फोट

विराटनगर, २७ साउन । आइतबार दिउँसो विराटनगर महानगरपालिको कार्यालयमा वम विस्फोट भएको छ ।

विस्फोटमा महानगरका कार्यालय सहयोगी शिवचन्द्र ठाकुर बेहोस भएका छन् । उनलाई उपचारका लागि कोशी अंचल अस्पताल लगिएको छ ।

वम विष्फोटबाट महानगरपालिकाको मेयर चढ्ने गाडी, महागनरपालिकाको भवन र फर्निचरमा क्षती पुगेको छ । महानगरको दोश्रो तलामा भएको विष्फोटबाट सोफा, दराज तथा झ्यालको सिसासमेत फुटेको छ ।

महागरपालिकाको घरनक्सा कार्यालयको पहिलो तलाबाट मेयरको कार्यकक्षमा जाने प्यासेजमा प्रेसर कुकर बम विस्फोट भएको हो ।

विस्फोटपछि काम गरिरहेका कर्मचारी तथा सेवाग्रहिको भागदौड मचिएको थियो । बम विस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।

main with picture
Comments (0)
Add Comment