नुवाकोट, भदौ ३ । नुवाकोटस्थित पासाङल्हामु राजमार्गको त्रिशुली वेत्रावतीखण्ड अन्तर्गत गेर्खु पुल गेर्खु खोलाको बाढीले बगाएको छ । आइतबार बिहान आएको बाढीले सडकसहित पुलको केही भाग बगाएको हो ।
अहिले पासाङल्हामु राजमार्गअन्तर्गत नुवाकोटको त्रिशूलीबेत्रावती खण्ड ठप्प भएको छ । पुल र सडकमा क्षति पुगेपछि नुवाकोट-रसुवा आवतजावत गर्न सकिएको छैन । विदुर नगरपालिका १ र विदुर नगरपालिका १० जोड्ने पुलको दायाँबायाँको सडक कटान गरेकाले यातायात ठप्प भएको हो ।