पोखरा, २० भदौ, । पोखरा महानगरपालिका–२२ रानीवनमा एकजनाको शव फेला परेको छ । ड्यामसाइट पारीपट्टी रानीवनमा सडेको अवस्थामा बुधबार बिहान एक युवकको शव फेला परेको हो ।
स्थानीयले शव देखेर खबर गरेपछि प्रहरी पुगेर अनुसन्धान थालेको छ ।
अहिलेसम्म शवको पहिचान हुन नसकेको प्रहरीले बताएको छ ।
शवको नजिकै पावर बैंकमा चार्ज गरिराखिएको मोबाइल पनि फेला परेको छ । तर पानीका कारण मोबाइल अन नभएको प्रहरीको भनाई छ । शव सडेगलेको अवस्थामा भेटिएकाले उनको मृत्यु केही दिन अगाडि नै भएको भएको प्रहरीको भनाई छ ।