“नेविसंघ अध्यक्षमा राजिव ढुङ्गाना पक्का”

 


काठमाडौं, १३, फागुन । नेपाली कांग्रसको विद्यार्थी संगठन नेविसंघको ११ औं कार्यसमितिको विघटन पश्चात १२ औं महाधिवेशन सम्पन्न गराउन निर्माण हुन लागेको तदर्थ समितिमा नेविसंघका पुर्व उपाध्यक्ष राजिव ढुङ्गाना अध्यक्ष हुने पक्का भएको स्रोतले बताएको छ । सालीन र भद्र स्वभावका ढुङ्गानालाई अधिकांश जिल्ला अध्यक्ष, क्याम्पस इकाई अध्यक्ष, नेविसंघका पुर्व पदाधिकारीहरूको समर्थन रहेको छ । माउ पार्टी नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सम्पुर्ण बरिष्ठ नेताहरूसँग सल्लाह गरी ढुङ्गानालाई तदर्थ समितिको अध्यक्ष तोक्ने पक्का भएको हो । यद्दपी केही व्यक्ति ढुङ्गानाको चरित्र हत्यामा लागि परेका छन् । ढुङ्गानाको उमेर बढाएर गलत उमेरको प्रचार गर्ने, विद्यार्थी माझ निरन्तर लोकप्रिय रहदै आएपनि १२ वर्षदेखि विद्यार्थी राजनीतिमा नरहेको भनि र साथसाथै भड्किलो तवरबाट अनेकौं नेताहरूसँग नाम जोडी ढुङ्गानाको चरित्र हत्यामा केही व्यक्ति लागि परेको बुझिएको छ । तर यी मिथ्या हल्लाबाट पार्टी विचलित नहुने कुरामा ढुङ्गाना पक्षधर ढुक्क भएको र छिट्टै ढुङ्गाना अध्यक्ष हुने उनी निकटका विद्यार्थी नेताले बताएका छन् ।

main with picture
Comments (0)
Add Comment