बौद्धनाथको छ्योमेघरमा आगजनी, आर्थिक अनियमितता लुकाउन षडयन्त्र भएको हुनसक्ने आशंका (भिडियोसहित)

 

काठमाडौं । बौद्धनाथको बत्ती बाल्ने घर (छ्योमे घर) मा आगजनी भएको छ ।

तामाङ कल्याण गुठी नामक गैरसरकारी संस्थाले बौद्धको विश्व सम्पदा छेत्रभित्र पर्ने बौद्ध स्तुपा भित्र गैरकानुनी रुपमा पुरातत्विक मापदण्ड बिपरित बिगत १२ /१५ वर्ष देखि छ्योमे घर (बत्ती बाल्ने घर) र टिनको अस्थायी टहरा बनाइ अनधिकृत
रुपमा विश्व सम्पदाको मापदण्ड बिपरित र पुरातत्व बिभाग तथा सम्बन्धित सरकारी निकायबाट पटक पटक हटाउन निर्देशन दिएपनी अटेर गरि टहरामा बत्ति बाल्दै आइरहेको  स्थानीयको दाबी छ । उक्त घरमा आज मध्यान्ह आगजनी भएको हो । आगलागीमा केही ब्यक्तिहरु घाइते तथा करिब २ देखि ३ लाखको छ्योमे घिउ नष्ट भएको छ । बिगतमा पटक पटक स्थानीयबासीहरुले सरकार समक्ष टहरा हटाउन माग गरिएको र सम्बन्धित निकाय बाट हटाउन निर्देशन भए पनि तामाङ कल्याण गुठि नामक गैरसरकारी संस्थाने बिना कुनै अधिकार छ्योमे घर चलाउदै आइरहेको स्थानीयले बताएका छन् । यसमा दैनिक ४ देखि ८ लाख सम्मको अम्दानी हुने गरे पनि कुनै आर्थिक रेकर्ड नरहेको स्थानीयले दाबी गरेका छन् । विश्व सम्पदा सूचीमा परेको बौद्धनाथ क्षेत्रभित्र यस्ता संरचना हटाउन युनेस्कोले पटक पटक ताकेता गरेपनि अटेर हुदै आएको थियो । बौद्धमा तामाङ कल्याण गूठीको नाममा अनाधिकृत टहरा निर्माण लगायत विभिन्न अनैतिक कार्य हुने गरेको  नाम नबताउने शर्तमा एक स्थानीयले बताएका छन् । बौद्धमा स्वतन्त्र तिब्बत गतिविधि बढााउन खुल्ला रुपमा अनधिकृत कार्य हुने गरेको बताइन्छ । पछिल्लो समय बौद्धनाथको स्तुपाको प्रमुख संरक्षक चिनियाँ लामा धर्मगुरु रिम्पोर्छे भुपती बज्र लामा द्वारा उक्त टहरालाई हटाउन खोज्द उल्टै विभिन्न लान्छना लगाइ चिनिया लामा लाई नै हटाउन भनी बिसुद्द धार्मिक आस्थाको केन्द्र माथी राजनीति गरिरहेको नाम नछापि दिन आग्रह गर्दे एक युवाले बताए । साथै उक्त संस्थाले बौद्ध तथा मेलम्ची घ्याङ गूठीको नाममा रहेको बौद्ध फुलबारी जग्गा कब्जा गरि पार्टी प्यालेस बनाइ अनधिकृत रुपमा पैसा असुलिरहेको पनि उनको आरोप छ ।

छ्योमे घरमा हुने गरेको दैनिक लाखौंको आम्दानीको अनियमिमता लुकाउन आगजनी गरेको हुनसक्ने आशंका स्थानीयले गरेका छन् ।

 

main with picture
Comments (0)
Add Comment