सांसद लामाले गरे दुई विद्यालयमा पोशाक वितरण


नुवाकोट । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधिसभाका सदस्य बहादुर सिंह लामाले नुवाकोटका दुई विद्यालयका विद्यार्थीहरुलाई पोशाक वितरण गर्नुभएको छ । नुवाकोटको सुर्यगढी गाउँपालिका वडा नम्बर २ स्थित सिलाकन्या देबि आधारभूत विद्यालय र जनहित प्राथमिक विद्यालय बोहोरे भन्ज्याङका विद्यार्थीहरुलाई पोशाक वितरण गर्नु भएको हो । लामाको आर्थिक सहयोगमा सिलाकन्या देबी आधारभुत विद्यालयका २०९ र जनहित प्राबी बोहोरे भञ्ज्याङ्का ६० विद्यार्थीहरुलाई पोशाक बितरण भएको हो । विद्यालयको वार्षिकोत्सब समारोहको अवसरमा पोशाक वितरण गरिएको् हो ।कार्यक्रममा साबिक बागेश्वरी गाबिस उपाध्यक्ष शिव अधिकारी साबिक गेर्खु का सेर बाहादुर घले नेपाली कांग्रेस क्षेत्रीय सभापति जगत बाहादुर तामाङ महासमिति सदस्य चोकराज शाक्य, जिल्ला सदस्य बैकुण्ठ मिश्र, दिपक नेपाली , नेपाली कांग्रेसका क्षेत्रीय सचीव रामजी पौडेल, वडा अध्यक्षहरु बाशु अधिकारी, ऋषि बहादुर पौडेल, रामकुमार गिरि, भैरव अधिकारी, नेपाली कांग्रेस सुर्यगढीका स्थानीय नेता प्रल्हाद पौडेल, बागेश्वरी माबी का प्रधान अध्यापक राजेन्द्र गिरि, कालिका आधारभूत विद्यालयको प्रधान अध्यापक जनार्दन अधिकारी लगयतको उपस्थिति थियो ।

main with picture
Comments (0)
Add Comment